कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छः मेयर साह
प्रकाशित मिति: शुक्रबार, मंसिर ०९, २०७९ | २०:३९:००
काठमाडौं, मंसिर ९ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको पनि बताउनु भयो ।
उहाँले कला, संस्कृतिलाई महत्व दिनेकुरा जिम्मेवारीका रहेको बताउनु भयो । उहाँले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०९, २०७९ |
२०:३९:००
2795