गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी
१० मंसिर, काठमाडौं | गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेशसभा ९१० मा नेकपा (एमाले) का उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एकसय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेकपा (माओवादी केन्द्र) का सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।