पाँचथरमा एमालेका नेम्वाङ विजय जुलुसमा गएपछि मतपेटिकामा भेटियो प्रत्यक्षतर्फको थप मत
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | ११:५०:५७
१० मंसिर, काठमाडौं | पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत गन्न थालिएको थियो । सो क्रममा १२ थान प्रत्यक्ष तर्फको मतपत्र भेटिएको पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए । सो मतपत्र समेत प्रत्यक्षमा गणना गरेको र अरु भेटिए पनि त्यसरी नै गणना गर्दै जाने उनले बताए । हालसम्म निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष तर्फको मतगणना सकेपनि आधिकारिक रुपमा घोषणा गरी प्रमाणपत्र नदिएको मुख्य अधिकृत दाहालले बताए । समानुपातिक तर्फको सबै मतपत्र गणना भएपछि मात्र विजेता घोषणा गरेर प्रमाणपत्र दिइने उनले बताए ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
११:५०:५७
903