मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | ११:५९:१२
१० मंसिर, काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई पराजित गरेका थिए । यो पटक डाक्टर शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिए । शर्मा नोबेल मेडिकल कलेज विराटनगरको सञ्चालक हुन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
११:५९:१२
1893