धाँधली भएपछि सुनसरी ४ मा मत गणना रोकियो
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | १७:१६:१३
काठमाडौँ १० मंसिर । मत गणनामा धाँधली भएको भन्दै सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मत गणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही विषयमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको माग गर्दै सर्वदलीय बैठक माग गरेका छन् ।
मत गणना रोकिनुअघि पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् । एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
१७:१६:१३
1321