गृहमन्त्री खाँण राप्रपाका बोहोरासँग पराजित
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | १७:४८:३०
काठमाडौँ १० मंसिर । गत आइतबार भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । रूपन्देही ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार एमालेको समर्थन रहेको बोहोराले ३६ हजार ६४८ मत पाए । गृहमन्त्री खाँणले ३४ हजार ६ मत पाए । बोहोरा दुई हजार ६४२ मतान्तरले विजयी भएका हुन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
१७:४८:३०
815