समानुपातिकमा एमाले ठूलो दल
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | १७:५१:२२
काठमाडौँ १० मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाखभन्दा बढी मत पाएको छ । एमालेले हालसम्म समानुपातिकतर्फ २० लाख ६ हजार ५८७ मत पाएको हो ।
यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले आठ लाख ६२ हजार ६६९ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ३३ हजार ५९५ मत पाएको छ ।
पाँचौं स्थानमा राप्रपाले चार लाख ४१ हजार ९६९, छैटौं स्थानमा जसपा नेपालले दुई लाख ३८ हजार ८८७ मत र सातौं स्थानमा नेकपा एकीकृत समाजवादीले एक लाख ८६ हजार १०८ मत पाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
१७:५१:२२
1783