मृत्यु भइसकेका मानिसलाई पुनः जिवित बनाउने वैज्ञानिक
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | २१:३२:१४
एजेन्सी । सुन्दा अचम्म लाग्छ, के मरेको मान्छे पुनः जिवित हुन्छ र या बोल्छ र ? पक्कै सकिँदैन ।
तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । जब कसैको मृत्यु हुन्छ छिट्टै वैज्ञानिक तिनको शरीर संरक्षित गर्दै आएका छन् ।
मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ ।
अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग गरेर मानव शरीरलाई ट्याङ्कमा माइनस १९६ डिग्रीमा फ्रीज गरी राखिएको छ ।
अमेरिकाको एक एरिजोनामा बनेको ल्याबमा क्रायोनिक्स उपाय प्रयोग गरी मरेका मानिस पुनः जीवित बनाउन कैयौँ शवलाई स्टोर गरी राखिएको छ । भविष्यमा पुनः जीवित हुने चाहमा कैयौँ धनी मानिसले मृत्यु अगावै मोटो रकम दिएर यस प्रयोगमा सामिल हुने गरेका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
२१:३२:१४
1233