रामेछापमा कांग्रेसका तामाङ निर्वाचित
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ | १०:३७:१८
काठमाडौं, ११ मंसिर | रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए । तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर ११, २०७९ |
१०:३७:१८
727