बारामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ | १४:२३:५९
११ मंसिर, वीरगञ्ज । बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो ।शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न.को अटोले ठक्कर दिएको थियो ।
सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई पचारका लागि वीरगञ्ज पठाइएको थियो ।घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । अटो चालक निजगढ-८ बस्ने २५ वषर्ीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ११, २०७९ |
१४:२३:५९
903