कुटपिटबाट श्रीमतीकाे हत्या
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ | १२:५९:५८
काठमाडौं, १२ मंसिर । कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका – १५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् । बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर १२, २०७९ |
१२:५९:५८
1167