एमसीसी अन्तर्गतको ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणको ठेक्का आह्वान
काठमाडौँ, १२ मंसिर । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माणको ठेक्का आह्वान गरेको छ ।आयोजनाले आज प्रसारणलाइन निर्माणको लागि ३ चरणको ठेक्का आह्वान गरेको छ । पहिलो चरणमा लप्सिफेदी–रातामाटे–हेटौँडा ४०० केभी (१७७ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गरिएको छ । यस्तै, दोस्रो चरणमा रातामाटे–दमौली ४०० केभी (९० किलोमिटर)को र तेस्रो चरणमा दमौली–बुटवल ४०० केभी (१०८ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान भएको छ ।आयोजनाले कूल ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नेछ । आज आह्वान भएको ठेक्कामा यही वर्षको अन्त्यसम्म अर्थात् चैत २९ गतेसम्ममा आवेदन दिनुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ । ठेक्का पाउने कम्पनीले आयोजनाको डिजाइन, सप्लाई, डेलिभरी, इन्सटलेसन, टेष्टिङ र कमिनसिङ गर्नुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ ।