थापाथलीमा घरेलु हतियारसहित प्रदर्शन
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ | १५:३८:१५
काठमाडौँ, १२ मंसिर । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।
फोटो साभार : अनलाइन खबर
प्रकाशित मिति : सोमबार, मंसिर १२, २०७९ |
१५:३८:१५
1519