काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन अवरोध
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ | १६:०२:५९
काठमाडौँ, १२ मंसिर । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ । काठमाडौँ महानगरले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, बस्तीमा मानिसहरूले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौँ महानगरविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन् । अहिले त्यस क्षेत्र तनावग्रस्त छ । स्थानीयले प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन् । महानगरले यसअघि ३५ दिने सूचना जारी गर्दै बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो ।
प्रर्दशनकारीले विकल्प नदिई आफूहरू सो बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने काम गरिरहेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर १२, २०७९ |
१६:०२:५९
2245