नुवाकोट १ (ख) बाट महत विजयी
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ | १९:३१:१३
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन् । निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित भएका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर १२, २०७९ |
१९:३१:१३
903