सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ | १६:२५:५०
काठमाडौँ, १३ मंसिर । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । उनले मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए । उनले अपेक्षाकृत परिणाम नआए पनी चुनाव परिणाममा चित्त बुझाउनु पर्ने र अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १३, २०७९ |
१६:२५:५०
925