काठमाडौँमा दिउँसै कोठा फोडेर चोरी गर्ने गिरोह सक्रिय
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ | १७:१७:१७
काठमाडौँ, १३ मंसिर । काठमाडौँमा दिउँसै कोठा फोडेर चोरी गर्ने गिरोह सक्रिय भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमती शान्ति टोलमा दिउँसै कोठाको ताला फुटाई नगद तथा सुनचाँदीको विभिन्न गरगहना चोरी भएको हो । डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएकी ३५ वर्षीया कौशीला कुवँरको करिब ५ लाख ४८ हजार २ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ। सोमबार दिउँसो भएको यस चोरीमा संलग्न गिरोहको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सोमबार दिउँसो भएको यस चोरीमा संलग्न गिरोहको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १३, २०७९ |
१७:१७:१७
1233