थिति बसाउन फिल्डमा र निति बनाउन संसदमा बोल्छु : ढकाल ( भिडियो )
चितवन , १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हरि ढकालले थिति बसाउन फिल्डमा र सपथ ग्रहणपछि निति बनाउन संसदमा बोल्ने बताएका छन् ।
आफ्नो क्षेत्रको विभिन्न स्थानमा अलपत्र तथा ढिलासुस्ती भएका योजनाको स्थलगत अवलोकनमा हिडेका ढकालले कामको ठेक्का लिने तर समयमानै काम सम्पन्न नगर्ने , अलपत्र पार्ने बेथिति रहेको भन्दै त्यसको सुधारको लागि जनताले युवा पुस्तालाई आगाडी बढाएको दावी गरे । उनले सपथ ग्रहणपछि संसदमा गएर निति बनाउने काममा लाग्ने र आफ्नो निर्वाचन क्षेत्रमा हुदाँ सदैव जनताको समस्या समाधान गर्न लागि रहने प्रतिवद्धता व्यक्त गरे । अलपत्र तथा ढिलासुस्ती भएका योजनाको स्थलगत अवलोकन गरि सम्बन्धित निर्माण व्यवसायीसँग त्यसको प्रगतीको बिषयमा जानकारी लिने र काम नभएको स्थानमा ताकेता गर्ने काममा ढकाल लागेका छन् । सोहि क्रममा उनले आज रत्ननगर ३ र खैरहनी ५ जोड्ने फसेर्नीको पुलको अवलोकन गरि उक्त पुलको निर्माण व्यवसायीलाई यथासिघ्र काम सम्पन्न गर्न आग्रह गरे ।
त्यस्तै उनले आज सौराह प्रवेश गर्ने मुख्य मार्ग रत्ननगर ७ को मैनाह नजिकको सडकको अवलोकन समेत गरेका छन् । उनले आजै पर्यटकिय क्षेत्र सौराहाको सडक छेउमा निर्माण हुदै गरेको नालाको अवलोकन गरि सम्बन्धित निर्माण व्यवसायीलाई ढिलासुस्ती नगरि यथासिघ्र काम सम्पन्न गर्न आग्रह गरे । ढिलासुस्ती तथा लापरबाही भएको स्थानमा युवापुस्तासँगै स्थानियहरुले समेत खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
भिडियो