खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | ९:२३:५४
काठमाडौँ, १४ मंसिर । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका सरकारी, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
निर्देशन कार्यान्वयन नगरे उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकणले जनाएको छ । काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासी बस्ती हटाएको थियो । बस्ती खाली गराउन पुगेको महानगरीय प्रहरीलाई सुकुम्बासीले प्रतिकार गरेका थिए । nagarik news
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
९:२३:५४
1937