मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १२:१८:०५
हेटौंडा, १४ मंसिर । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश-२-०३-०१८ प २५५७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उकता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१२:१८:०५
859