सप्तरीमा बेपत्ता राउतको हत्या
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १२:५७:४६
सप्तरी, १४ मंसिर । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । “तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उनले भने ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१२:५७:४६
1299