बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १३:१८:४८
काठमाडौँ, १४ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१३:१८:४८
2575