परिजिता ‘द भ्वाइस’ को अन्तिम ८ मा प्रवेश
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १४:१७:४४
काठमाडौँ, १४ मंसिर । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी रियालिटी शो ‘द भ्वाइस’ को अीन्तम ८ मा प्रवेश गरेकी छिन् । दुई जना प्रतिस्पर्धी शो बाट बाहिरिएका छन् भने १७ वर्षीया बास्तोला अन्तिम ८ मा प्रवेश गर्न सफल भएकी हुन् । उनले क्यानडेली गायिका एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् । आफ्नो गीत परिजिताले गाएपछि काराले इन्स्टाग्राममार्फत बधाई तथा शुभकामना दिएकी छिन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१४:१७:४४
1585