सरोकारवाला निकायसँग समन्वय गरेर मात्रै सुकुम्बासी बस्ती हटाउने महानगरको निर्णय
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १४:४९:३०
काठमाडौँ, १४ मंसिर । काठमाडौँ महानगरपालिका सुकुम्बासी समस्याबारे सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने भएको छ । महानगर मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ । आज बिहान सबै वडाध्यक्षहरूसँग बैठक बसेको र अब सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने निर्णय भएको प्रवक्ता मानन्धरले बताए । महानगरविरुद्ध उपत्यकाका सुकुम्बासीको आन्दोलन जारी छ । उनीहरूले बिनाविकल्प आफूहरूलाई महानगरले उठिबास लगाएको भन्दै डोजर चलाउन पुगेको टोलीमाथि ढुंगामुडा गरेका थिए । सुकुम्बासीको प्रतिरोधमा महानगरका ३६ जना नगरप्रहरी घाइते भएका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१४:४९:३०
1717