निजी क्षेत्रको सरकारमाथि दबाब : समाधान नखोजे आन्दोलन गर्ने चेतावनी
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १४:५७:३६
काठमाडौँ, १४ मंसिर । मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्दै निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको समीक्षाले समाधान दिन नसकेको बताएको छ । उद्योगी व्यवसायी र समग्र अर्थतन्त्रको सुधार गर्न सरकारलाई केही सुझाव दिँदै निजी क्षेत्रले समाधान नखोजिए अन्तिम विकल्प आन्दोलन रहेको बतायो । निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार ‘अर्थतन्त्र जोगाऔं’ शीर्षकमा गरेको पत्रकार सम्मेलमा अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र जटिल दुर्घटना नजिक पुगेको बताए ।ब्याजदरको उतारचढाव राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक सहजता, अन्तर्राष्ट्रिय रुपमा अकासिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिस्टिक्स र फ्रेट शुल्कमा आएको वृद्धिका कारण अर्थतन्त्र दुर्घटनातर्फ जान थालेको उनको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१४:५७:३६
2641