शतप्रतिशत विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमबारको प्रतिनिधिसभा बैठकबाट सतप्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा राखेको बताएका छन् आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार सतप्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।
उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे । उनले भने, मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो, भोलि सय नै हुन्छ भन्ने आशा छ ।’
प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।