चुनौतीपूर्ण आर्थिक अवस्थामा सहकारीको योगदान
भानुभक्त अधिकारी
चितवन, २० चैत । मानव जिवनलाईनै चुनौती हूनेगरी विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण सुन् २०२० र २१ मा प्रायःसबै मुलुकहरुको अर्थतन्त्र सहित विश्व अर्थतन्त्र सङ्कुचित हुनपुग्यो । जसका कारण कम आय भएका मूलूक तथा वर्गका मानिसहरुको दैनिक जिवनयापन समेत कष्ठकर हुन पुग्यो, रोजगारी र आयमा भएको परिवर्तनले गरिवी र असमानता पनि बढ्दै गयो कोमिड १९ विरुद्धको खोप उपलब्धता संगै बिश्वको आर्थीक स्थिति सामान्य बन्दैगर्दा नेपालमा पनि उत्साहपूर्ण लगानीको बातावरण तयार भएको, बैदेशिक रोजगारीका पिडा तथा केहीसमय राजनितीक स्थायीत्व जस्ता कारणहरुले देशको आर्थिक अवस्था उत्साहपूर्ण देखिए । जसका कारण मानिसहरु उद्योग, व्यापार, कृषि, उर्जा जस्ता क्षेत्रमा लगानीका लागी उत्सुक भए र अत्यधिक मात्रामा कर्जाको माग बढ्यो भने संग संगै आयात पनि बढ्यो । तर, क्रमश रसिया र यूक्रेन युद्धले बिश्वलाईनै थप आर्थिकरुपमा चाप पार्यो । त्यसैको कारण पेट्रोलियम पदार्थको मूल्यमा अप्रत्यासित रुपमा मूल्यवृद्धी संसारले व्यर्होनु परीरहेको । त्यस कारण हाम्रो जस्तो भुपरिबेस्टिक राष्ट्र साथै जसको एक थोपा पनि पेट्रोलियम पदार्थको आफ्नो उत्पादन नहुने देश थप अर्थिक चापमा छ । तेसको असरले ढुवानी खर्चमा बृद्दि भएको छ, बैदेशिक भूक्तानि असन्तूलीत तथा कठीन बनेका छ, मूद्रा स्फिती भयाभह बन्दै छ, महँगी बढ्दै छ, बैक तथा बित्तीय संस्थाहरुलाई नियामक निकायले निर्देशित निर्देशिका पालन गर्न धौ धौ हुने अवस्था आएको छ । बित्तीयसंस्था हरुको बचत तथा ऋण दुबैको व्याजदर बढ्न गएको र कोभिड १९ पछिका सम्हालीदै आयकोे अर्थतन्त्र झन नाजूक अवस्थामा पूगीसकेका छ ।
सरकारी योजना अनुरुप राजश्व उठ्न सकेको छैन, राज्यको संञ्चालन खर्च बृद्धी भएको छ । सोझो हिसाबमा भन्ने हो भने हाम्रा जस्ता देश त चलाउननै कठिन बन्दै गएको छ । भुपरिबेस्टिक राष्ट्र त्यसमा पनि अत्याधिक आयतमा निर्भताका कारण् विदेशी मूद्राको सञ्चिती कमहुन गएकोे कारणले नेपाल राष्ट्र बैकले बिभिन्न शिर्षकमा अयातमा कडाई गर्नुका साथै केही बिलासि बस्तूहरुमा प्रतिबन्ध समेत गर्नुपरेको छ । हालसम्म पनि अर्थतन्त्र सुधाारका ठोस लक्षण देखीदैनन् तर बिदेशिमूद्राको संचिती भने केही सूधार भएको अवस्था छ । यसबिचमा बैक तथा बित्तीय संस्थाहरु र बिभिन्न उदेश्यले स्थापित सहकारीहरुपनि अछूतो रहन सकेनन् । सबैजसोलाई आर्थिक रुपमा नकारात्मक असर प¥योनै । संसारकै विभिन्न क्षेत्रहरुमा दैनिकरुमा गरीने दैनिकी समेत परीर्वतन हुन पुग्यो ।
नेपालमा हालसम्म पनि देशका सम्पूर्ण भूभागमा बित्तीय पहूच पूगीसकेको छैन, करीब करीब सबै स्थानीय तहमा बैकका शाखाहरु पूगेपनि बिकट भौगोलीक अवस्थाका कारण बैंकिङ सूबिधा बाट सर्वसाधरण बन्चितनै छन् । स्थानिय स्तरमानै संञ्चालीत विभिन्न उदेश्यले स्थापित सहकारीहरुर्माफत् आर्थिक कारेवार सञ्चालन भइ रहेका छन् । यसबिचमा बिभिन्न उदेश्यले स्थापित सहकारीहरुले बिशेष आर्थिक तथा समाजिक भूमिका निर्वाह गरीरहेका छन् ।
बिशेषत सहकारी, सदस्यहरुको आर्थिक सहभागीता, स्वायत्तता तथा स्वतन्त्रतता, शिक्षा तालीम, सूचना, पारस्परीक सहयोग र समुदायप्रति चासो र प्रजातन्त्रीक नियन्त्रणका मूल सिद्धान्त अनुरुप समाजमा स्थापित हुने भएकाले पनि सामुदायिक विकास र समाज उत्थानमा महत्वपूर्ण भूमिका गरीरहेको छन् । चूनौती पूर्ण आर्थिक अवस्था रहदै गर्दा समेत सहकारीहरुले बिषेशत सदस्यहरुको हितमा कामगर्नै, उधमशिल बन्न प्रेरीत गर्नै, तालिमको व्यवस्था गरी सदस्यहरुबिचनै बचत भएका रकमको पारर्दशी रुपमा सहूलियत पूर्णकर्जा समेत प्रवाहगरी उधमसिल समाज निमार्णमा सदैव सकारात्माक भूमिका निर्वाह गरीरहेका छन् । उदेश्य अनूरुप, विभिन्न सहकारीहरुले फरक फरक कार्य गरेतापनी अति महत्वपूर्ण रुपमा सहकारीहरुले आर्थिक विकास, समाजीक विकास, कृषि विकास,उधमसिलता बिकासका आधार स्तम्भ खडा गर्नै कार्य गर्दछन् । अझ हाम्रो जस्तो भौगोलीक बिकटता, आर्थिक शैक्षिक तथा सैद्धान्तिक रुपमा योग्य व्यक्ति तथा समाजको अभाव भएको अवस्थामा समेत जसोतसो समाजमा सकारात्मक रुपान्तरणमा योगदान गरी रहेका छन् । राज्यले वित्तिय सचेतनाका लागी बर्षेनी करोडौ रुपैया खर्च गरीरहेको हून्छ, तर समुदाय स्तरमानै स्थापित सहकारीहरुले आफ्ना सदस्य मार्फत यस्ता कार्यक्रम निशूल्क रुपमानै सम्पादन गरीरहेका छन् , बचत गर्नै बानीको बिकास गरीरहेका छन्।
बढ्दो प्रबिधीको बिकास संगै कतिपय सहकारी संस्थाहरुले आफूलाइ प्रबिधीमैत्री बनाउदै लगेका छन् भने, कतीपय संस्थाहरु स्रोत र साधनको अभावमा पूरानै तरीकाले आप्नो उद्देश्य प्राप्तिमा तल्लीन छन् ।राज्यले पनि समय अनुसारको उचित निति बनाउन नसक्दा, नियमन गर्न र अभिमूखीकरण गर्न र सञ्चालीत संस्थाहरुलाइ विश्वासमा लिन नसक्दा समूदाय स्तरमानै वित्तीय र उधमसिल समाज निर्माण गर्नै धेरै अवसरहरु समेत खेर गइरहको छ । तसर्थ राज्यले सहकारीहरुसंग सहकार्य गरी तीनको संरक्षण, सुधार र सहयोग गर्न जरुरी देखिन्छ । बिद्यमान्रुपमा रहेका केही सहकारीहरु जो सिद्दान्तबिहीन थिए वा निहीत स्वार्थका लागी खोलीएका थिए अथवा सहकारीका मर्म बिपरीत सञ्चालित भइ फरक उदेश्य देखाई उत्पादकत्व नहुने क्षेत्रमा जानी नजानी सहकारीका सदस्यहरुले लगानी गरीदिंदा सदस्य संग संगै केही संस्थाका अस्तित्वनै मेटिन पुग्यो भने केही नाजूक अवस्थामा संचालित भइरहेका छन् । ति छुटफुट बाहेक सबैजसो सहकारीहरुले अर्थतन्त्र जोगाउन योगदान गरीरहेका छन् भनौ राज्यका हरेक नितीलाइ सफल बनाउन संग संगै हातेमालो गर्दैछन् । आर्थिक संकटका कारण विभिन्न बैकं तथा वित्तिय संस्थाहरुले कर्जाका व्याजदर अधिक पुर्याएको गुनासोहरु आउंदा समेत सहकारीहरुले आफ्ना सदस्यहरुको ऋणको व्याजदर बढाएको पाइदैन, यसलेपनि सहकारीहरुको सक्षमता, उदेश्य र योगदान प्रष्ट पार्दछ । बिभिन्न स्थानबाट मिटरव्याजका सास्ति लगायतका समाचारहरु आइरहदा सो को न्यूनिकरण समेत स्थानिय स्तरमा सञ्चालीत सहकारील गरीरहेको पक्कै अनूमान गर्न सकिन्छ । सहकारीका सञ्जाल, आबद्ध सदस्यका संख्या र तिनले हालसम्म गरेका कार्यमूल्याङकन पश्चात, साच्चैनै राज्यले खुलेर सहकारीहरुलाई सहयोग गर्ने हो भने सहकारीमार्फनै देशका अधिकान्स आर्थीक सूचक सकारात्मक पू¥याउन धेरै समय लाग्दैन ।
सहकारी दिवसको उपलक्ष्यमा भानुभक्त अधिकारीको लेख ।।