खैरहनी १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको शिलान्यास
चितवन , १ वैशाख । खैरहनी नगरपालिको वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको शिलान्यास भएको छ । खैरहनी १ को वडा कार्यालयसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको लागि आज शिलान्यास भएको हो ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ ,उप प्रमुख कविता उप्रेती, वडा अध्यक्ष नवराज भुषालले भवनको शिलान्यास गरेका हुन् । ६५ लाख ४२ हजार ६ सय ७० रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको खैरहनी १ का वडा अध्यक्ष नवराज भुषालले बताए । उपभोक्ता समिति मार्फत भवन निर्माणको काम सुरु भएको छ । आधारभूत स्वास्थ्य केन्द्रबाट करिब २ सय घरपरिवार लाभान्वित हुने उनले बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले समयमै गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिए । उपभोक्ता समिति जिम्मेवार भएर गुणस्तरलाई ध्यान दिएर काम छिटो गर्नुपर्ने बताए । अहिलेको जनप्रतिनिधिको टिमले भौतिक पुर्वाधारसँगै विभिन्न सिपमुलक तालिम र रोजगारमुलक कार्यक्रम ल्याइरहेको नगर प्रमुख खनियाँले बताए ।
भिडियो