रविको घरमा सुतेका चालक छतबाट खसे ,अवस्था गम्भीर
प्रकाशित मिति: सोमबार, बैशाख ०४, २०८० | ९:५९:०२
चितवन , ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेका चालक घरको छ्तबाट खसेका छन् । रविको भरतपुर ११ स्थित घरको छतमा सुतेका उनको चालक सिन्धुपाल्चोक बाह्रविसे ३ घर भएका ३९ वर्षीय दिल बहादुर थापा आज बिहान करिब ४ बजे छ्तबाट खसेका हुन् । २ तले घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका
छन् । टाउको र खुट्टामा गम्भीर चोट लागेको उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको पण्डितले बताए ।
प्रकाशित मिति : सोमबार, बैशाख ०४, २०८० |
९:५९:०२
3609