नेविसंघले रामपुर क्याम्पसमा लगाएको ताला प्रहरीले खोल्यो
प्रकाशित मिति: सोमबार, बैशाख २५, २०८० | १३:४८:२३
चितवन , २५ बैशाख । खैरहनी स्थित रामपुर क्याम्पसमा बिगत १ महिनादेखी लगाइएको ताला आज प्रहरीले खुलाएको छ । स्ववियू निर्वाचनको बिषयलाई लिएर नेविसंघले क्याम्पसमा ताला लगाएको थियो ।
चैत २० गते कक्षा कोठा भएको भवन र २३ गते क्याम्पसको प्रशासनमा नेविसंघले तालाबन्दी गरेको थियो । लामो समयदेखीको तालाबन्दीको कारण क्याम्पसमा पठनपाठन र परिक्षा रोकिएको थियो । प्रहरीले आज सबै ताला खुलाएको क्याम्पस प्रमुख मिलन सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले आज खोलेको र भोलीबाट क्याम्पस खुल्ने क्याम्पस प्रमुख सुवेदीले बताए ।
प्रकाशित मिति : सोमबार, बैशाख २५, २०८० |
१३:४८:२३
3389