बिरगंजबाट काठमाडौं जादै गरेको बस खैरहनीमा दुर्घटना, ३१ जना घाइते
प्रकाशित मिति: सोमबार, जेठ ०१, २०८० | २:५३:०३
चितवन , १ जेठ । पूर्वीचितवनको खैरहनीमा एक यात्रुबाहक बस दुर्घटना भएको छ । खैरहनीको पर्सा बजारमा गएराति करिब पौने १ बजे बस दुर्घटना भएको हो ।
बिरगंजबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०३ -००१ ख २५६१ नम्बरको बस नालीमा खसेको हो । दुर्घटनामा परि ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुलाई प्रहरी र स्थानियले उद्धार गरि भरतपुरको विभिन्न अस्पताल पठाएका छन् । बसको चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक भानु खड्काले जानकारी दिए । चालकको लापरबाही वा अन्य कारणबाट दुर्घटना भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : सोमबार, जेठ ०१, २०८० |
२:५३:०३
3829