८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति
प्रकाशित मिति: आइतबार, आषाढ ०३, २०८० | १८:२०:२४
काठमाडौं । वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो ।
प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : आइतबार, आषाढ ०३, २०८० |
१८:२०:२४
2575