खैरहनीमा ट्रक र स्कुटर ठक्करखादा स्कुटर चालक गम्भिर घाइते
प्रकाशित मिति: बिहिबार, आषाढ २१, २०८० | २३:०८:०६
चितवन , २१ असार । पूर्वीचितवनको खैरहनीमा ट्रक र स्कुटर एकआपसमा ठक्करखादा एकजना गम्भिर घाइते भएका छन् । खैरहनी १ बहेरा चोक नजिक आज बेलुका पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख १६०३ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना २९ प ९५० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परि स्कुटर चालक खैरहनी नगरपालिका वडा नम्बर ६ ठेगाना भई खैरहनी १ मा बस्दै आएका ४८ वर्षिय अर्जुन प्रसाद पराजुली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि भरतपुर पठाइएको छ । स्कुटर , ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ २१, २०८० |
२३:०८:०६
3565