सीता दाहालको मृत्यु र प्रचण्डको अबको भुमिका
श्रद्धाञ्जली तिमीप्रति
पृथ्वीमा हाम्रो भरोसाको योग्य के छ र ?
जीवन र उमेर दुबै हुने धुलो नै हो
राजनीतिको अबिरल यात्रामा
लामोसमय सम्म सारथी बनेर
समयलाई न्याय दियौ सीता ।
भेला भईरहेछौं हामी यो बेला
समयले फेरि बोलाएको छ अन्तिम पटक
परिवर्तनको बाटोको अनन्त यात्री बनेर
राजनीतिमा साथ दियौ
समाज बदल्ने सोंचमा
नबोल्नेहरूलाई बोल्न सिकायौ
हिंड्न डराउनेहरूलाई ताते ताते गरायौ
दलितको आवाज बोल्यौ
मधेशको शब्द निकाल्यौ
कर्णालीमा उठायौ
रोल्पाबाट झापा देखायौ
हिमालबाट तराई चिनायौ
गाउँ हल्लायौ, शासन बदल्यौ ।
सिंहदरबारमा कहिल्यै लामो हात गरिनौ
बालुवाटारमा आँखा तारिनौ
परिवारमा सीमित समय दिएर
असल सोंच र हावाले भरिएको तिम्रो जीवन
लामो बनेन तर सफल भयो
गणतन्त्रकी यात्री तिमी
श्रद्धाञ्जली तिमीप्रति ।
दार्शनिक अरस्तुले महिलालाई एक निस्क्रिय वस्तुको रुपमा लिए । यसको विपरित उनले पुरुषलाई शक्ती, गति र जीवनको अंग मानेका छन् । पूर्वीय दर्शनमा मनुले महिलालाई अपहेलित गरेका छन् । सेण्ट थोमसले महिलालाई अपूर्ण मानव भनेर तेजोबध गरे । शेक्सपियरले आफ्नो दुखान्त नाटक ह्यामलेटमा नारीलाई कम्जोरीको रुपमा चित्रण गरेका छन् । तथापी राजनीतिमा महिलाको आफ्नै भुमिका छ । फ्रान्सेली जोन अफ आर्क (सन १४१२) ले बेलायती साम्राज्य बिरुद्ध लड्न तम्सिइन् । तर १४३१ मा बिरोधीहरूले उनलाई जलाएर मारे । १८६८ को पहिलो इन्टरनेश्नलमा महिलाले उत्पादनमा समान ज्यालाको माग गरे । १८७१ मा पेरिस कम्युनको समयमा लुई मिचेल शत्रु सामु सहिद बनिन् ।
नेपालमा राणाकालको शुरुवातसँगै नेपालका महिलाहरू अधिकारका लागि लडेको इतिहास छ । वि.स. १९७४ मा योगमाया र दिव्याकोइरालाले “नारी जागृति संघ” स्थापना गरेर राजनैतिकचेतनाका शुरु गरे । नेपालको राजनीतिमा राज्यवतिलेधर्मदेवको मृत्युपछि नायवी बनेर छोरा मानदेवलाई राज्य चलाउन सहयोग गरिन् । मध्ययुगिन नारीहरू देवलदेबी, नायकदेबी, राजल्लदेबीहरूको राजनीतिमा आ-आफ्नै भूमिका छ । पाल्पाली राजकुमारी तथा प्रताप सिंह शाहकी रानी राजेन्द्र लक्ष्मीले ८ वर्षको नायबीकालमा नेपालको राज्य बिस्तारमा फरक पहिचान बनाइन् । बालचन्द्र शर्माका अनुसार, इन्द्रेणी थापा र साबित्री देबीले नालापानीको नेपाल-अंग्रेज युद्धमा बलभद्र कुँवरलाई साथ दिएर देशको सिमानाका लागी लडेर जीवन दिएका थिए ।
नेपालको इतिहासमा राजनैतिक आन्दोलनमा मंगलादेबीदेखि सहाना प्रधानका आ-आफ्नै भूमिका थिए । राजनैतिक संगठनमा सक्रिय ती महिलाहरूले के गरे भन्दा पनि संगठनको कुनै प्रमुख भूमिकामा नबसेर सीता दाहालले खेलेको भूमिका नै प्रशंसनिय बन्यो । २०५२ देखि चलेको कठिन समयमा छोरा छोरीलाई भन्दा पनि प्रचण्डलाई साथ दिएकी सीतादेबी नै कर्णाली, तराई, हिमाल-पहाडको आवाज बनिन् । त्यसैले त असार २७ मा भएकोसीता दाहालको निधनले नेपालको महिला आन्दोलन र समग्र राजनीतिमा अपुरणीय क्षति पुगेको छ ।
सीता दाहाल, प्रचण्ड पत्नी, नेकपा माओबादी नेतृत्वको राजनीतिक सहकर्मी र नेपालमा चलेको शसस्त्र युद्धकी एक भुक्तभोगी योद्धा थिइन् । उनले भोगेको र गरेको योगदान बारे स्वयं प्रचण्ड, मोहन बैद्य, बाबुराम भट्टराई, पम्फा भुसाल, हिसिला यमीहरूले साधारण पाठकका लागी नदेखिएको र नसुनिएको पाटोका बारेमा लेख्नु आवश्यक छ । सीता दाहालसँगै पम्फा भुसाल र हिसिला यमीहरू राजनैतिक परिवर्तनको बाटोमा फरक भुमिकामा देखिए। सीता दाहालहरू जनयुद्धमा भौतिक रुपमा सहभागी नभएको भए नेपालका अरू महिलालाई आन्दोलनमा सहभागी हुने शाहास कमजोर हुन्थ्यो ।
सीता दाहालले भोगेको र गरेको योगदान बारे स्वयं प्रचण्ड, मोहन बैद्य, बाबुराम भट्टराई, पम्फा भुसाल, हिसिला यमीहरूले साधारण पाठकका लागी नदेखिएको र नसुनिएको पाटोका बारेमा लेख्नु आवश्यक छ । सीता दाहालसँगै पम्फा भुसाल र हिसिला यमीहरू राजनैतिक परिवर्तनको बाटोमा फरक भुमिकामा देखिए। सीता दाहालहरू जनयुद्धमा भौतिक रुपमा सहभागी नभएको भए नेपालका अरू महिलालाई आन्दोलनमा सहभागी हुने शाहास कमजोर हुन्थ्यो ।
महिलाहरूको अटल शाहास र त्यागका कारण नै नेपालमा गणतन्त्रको स्थापनाले सहज बाटो भेटाएको हो । २०६३ सालको अन्तरिम संबिधान हुँदै २०७२ को संघीय संबिधानको घोषणाका कारण नै बिद्यादेबी भण्डारी राष्ट्रपति, ओनसरी घर्ती सभामुख, धेरै महिलाहरू संघीय सरकारदेखि प्रदेशमा मन्त्री हुने बाटो खुलेको हो । २०५२ देखिको राजनैतिक युद्धमा महिलाहरू सहभागी नभएका भए नेपाली महिलाका जीवनमा देखिएको २०६२ पछिको परिवर्तन आउन अझै लामो समय पर्खिनु पर्थ्यो । २०१५ को पहिलो संसदीय चुनावमा उमेदवार बनेका ६ जना महिलाहरूले चुनाव हारे। २०४७ को संबिधानले ५ प्रतिशत महिला उम्मेदवारी हुनुपर्ने प्रावधान राखे पनि २०४८, २०५१ र २०५६ को चुनाबमा महिला उमेदवार क्रमशः ६, ७ र १२ जना मात्र निर्वाचित भएका थिए ।
तर २०६४ मा भएको संविधानसभाको निर्वाचनबाट व्यवस्थापिका संसदमा नेपाली महिलाको प्रतिनिधित्व ३२.८ प्रतिशत पुगेको थियो। निर्वाचनमा ५७५ सिटमध्ये १९१ महिला नेता (३३.२५) निर्वाचित भएका थिए। मन्त्रिपरिषद्ले २६ सिटहरूमध्ये ६ जना महिलालाई मनोनयन गर्दा विधायिका संसदमा १९७ महिला सदस्यहरू थिए । नेपालको अन्तरिम संविधान, २००७ बाट व्यवस्था गरिएको सिट आरक्षणले राजनीतिमा महिलाहरूको प्रतिनिधित्वमा परिवर्तन आएको छ ।
नेपालको राजनीतिमा १० वर्ष सम्मको रोमाञ्चक युद्धमा लड्न हिंडेका मानिसहरू उनले देखिन् । गाउँका वस्तीहरुमा महिलाहरूको अवस्था देखिन् र त्यहीं बस्नेहरूको जीवनमा श्वास-प्रश्वास भर्न हिंडेकी सीताले छोटो समयमा छोरीदेखि छोराको मृत्युको परिवारिक वज्रपात सहिन् । त्यो परिवारको पीडा प्रचण्डले त सहे तर सीताले सहन सकिनन् । २०७४ को चुनावमा छोरा गुमाएर पनि चुनावलाई हाँकेका प्रचण्डलाई २०८० मा क। सीता दाहाललाई गुमाउँदा पनि अबिचलित बनेर रहनु पर्ने भएको छ ।
२०५२ देखि चलेको राजनैतिक युद्धमा १२ वर्षीय दिलबहादुर रम्तेलले पहिलो शहादत प्राप्त गरेका थिए । युद्धमा पहिलोपटक शहादत हुने महिला धनमाया श्रेष्ठ थिइन् । २०५७ मा गोरखा जेल तोडेर भाग्ने कमला नहर्की ब्रिगेडियर कमान्डर बनिन् । दलित महिला सम्झना विक बटालियन कमान्डर बनिन् । नहर्की सहित गोरखा जेलमा बन्दी बनेका ६ जना युवा महिला बन्दीहरू उमा भुजेल, मिना मरहठ्ठा, रीता विक, सञ्जु अर्याल र एन्जिला विकले जेल तोडेर शाहासको नयाँ परिचय बनाएका थिए ।
२०५० को शुरुदेखि नै प्रचण्ड नेपाली राजनीतिमा चर्चित पात्र बने । तर, सीता दाहाल के गर्थिन् भन्ने प्रश्नको जवाफ धेरैले थाह पाएनन् । उनी चर्चामा कम आइन् र धेरैका लागी गुमनाम बनिन् । तर सत्य भनेको नेकपाको गर्बिलो इतिहास बनाउन र प्रचण्डलाई ‘भीमकाय’ छवि भएको प्रचण्ड बनाउन उनले सारथीको भुमिका खेलिन् । छोरी ज्ञानु र छोरा प्रकाशको निधनको चोटले सिकिस्त बनेकी सीता दाहाल माओवादी ‘जनयुद्ध’का प्रमुख कमान्डर प्रचण्डको यात्री बनेर खेलेको भूमिकाले नेपाली राजनीतिमा उनलाई धेरैले सम्झने छन् ।
सीता दाहाल के गर्थिन् भन्ने प्रश्नको जवाफ धेरैले थाह पाएनन् । उनी चर्चामा कम आइन् र धेरैका लागी गुमनाम बनिन् । तर सत्य भनेको नेकपाको गर्बिलो इतिहास बनाउन र प्रचण्डलाई ‘भीमकाय’ छवि भएको प्रचण्ड बनाउन उनले सारथीको भुमिका खेलिन् ।
२०६३ असार २ गते प्रचण्ड आफ्ना राजनैतिक सारथीसँगै काठमाडौं आएदेखि सीता दाहाल नेपाली संचार क्षेत्रको शब्दमा पर्न थालेकी थिइन् । प्रचण्ड पत्नी बनेर भूमिगत राजनीतिका अप्ठ्यारा र कहाली लाग्दा दिनहरूमा उनको भूमिका धेरै नेताहरूले नजिकबाट देखे । बाहिरबाट सर्बसाधारणले हेर्दा अन्तरमुखी स्वभावकी सीताले नेपालको राजनीतिमा सरल सादागी जीवन बिताइन् । २०२६ वैशाख २५ गते प्रचण्डको परिवार सदस्य बनेकी सीताले ५४ वर्ष सम्म प्रचण्डलाई साथ दिइन् ।
नेपालको राजनीतिमा सहिद बन्ने देखि बेपत्ता र घाइते हुने महिलाहरूको संख्या ठूलो छ । २०५४ तिर जनादेश साप्ताहिकले प्रचण्डले रोल्पाका सर्बसाधारणलाई गरेको भेटका बारेमा मुख्य समचार बनाएको थियो । प्रचण्डले घाँस काट्ने, दाउरा बोक्ने, गोठालो जाने सम्मका मानिसलाई खेत-बारी, बाटो र घर-गोठमा भेटेर तपाईंहरूको बा-आमा, छोरा-छोरी-बुहारी, दाई-भाइ, दिदी-बहिनी-भाउजु सहितलाई राजनीतिक परिवर्तनको बाटोमा लाग्न हौसला दिने प्रचण्ड म नै हुँ भनेर भनेको कुराको स्मरण गर्ने बेला फेरी आएको छ । युद्धमा उनले साथ पाएका जनताको सारथी बनेर नेपालमा भ्रष्टचारको अन्त गर्न र देशलाई बिकासको बाटोमा डोराउन पाउने सफलताले मात्र सीता दाहालले बिताएको सादागी जीवनको अर्थ सबैले बुझ्नेछन् ।
नेपालको राजनीतिका महिला नेतृहरूले सीता दाहालबाट सिक्नु पर्ने धेरै कुराहरू छन् । उनीहरूका लागी सीता दाहाल एक खुला पाठशाला र जीवन भोगाइको खुला किताब नै हुन् । उनले पञ्चायत देखिन्, २०४७ पछिको शासन ब्यबस्थाले सर्बसाधारणलाई दिएको दुख रोल्पा-रुकुम-गोरखा-सिन्धुलीमा देखिन् । त्यस्तै अन्यायका फेहरिस्तले नेकपा माओबादीलाई २०५२ पछि जनयुद्धमा धकल्यो । २०६२ देखि २०८० सम्म माओबादी केन्द्रको शक्ती ठुलोदेखि सानो सम्मको कथा सुनिन् । यद्यपी छोरा प्रकासको मृत्युपछिको राजनीतिको बुझाई उनमा कमजोर हुँदै गएको थियो । सीता दाहालले टाउकोको मूल्य बारेको त्रास भोगिन् । ती टाउकोको मोलमा रमाउनेहरूले उनको त्यागको कथा पढुन् र नेपालको राजनीतिमा उनले खेलेको भूमिकालाई आत्मसाथ गरुन् ।
सीता दाहालको बारेमा स्मरण गर्नु भनेको उनको निरन्तरता, लचिलोपन र सदभावनाको प्रतीक हो । उनको कम बोल्ने बानी सरल र सादगी जीवन र सौम्य स्वभावकी धनीले उनलाई लामो समय सम्म सम्झाइरहनेछ । पार्टी, समाबेशिता र नेतृत्वको हितमा देखिने उनको चिन्ताले नेता तथा कार्यकर्तालाई प्रभाव पारेको छ । प्रचण्ड शक्तीमा रहँदा पनि बालुवाटार र सिंहदरबारतिर उनले आँखा चम्काइनिन् र हात लामो गरिनन् । पार्टीको सार्वजनिक राजनीतिमा कम आए पनि के काम गर्दा पार्टी र देशको हित हुन्छ भन्ने कुराले प्रचण्डलाई मृत्युपछि पनि साथ दिइरहनेछ ।
सीता दाहालले टाउकोको मूल्य बारेको त्रास भोगिन् । ती टाउकोको मोलमा रमाउनेहरूले उनको त्यागको कथा पढुन् र नेपालको राजनीतिमा उनले खेलेको भूमिकालाई आत्मसाथ गरुन् । सीता दाहालको बारेमा स्मरण गर्नु भनेको उनको निरन्तरता, लचिलोपन र सदभावनाको प्रतीक हो । उनको कम बोल्ने बानी सरल र सादगी जीवन र सौम्य स्वभावकी धनीले उनलाई लामो समय सम्म सम्झाइरहनेछ ।
सीता दाहाल प्रचण्डको पत्नीका साथै परिवर्तनको हिस्सेदारीका रुपमा इतिहासले सम्झनु पर्छ । एक अध्ययन अनुसार महिलाहरू पार्टीको नीतिमा अडिग रहेर ब्यबहारबादी बन्छन् । उनीहरू संविधानका सरोकारहरूप्रति अत्यन्तै उत्तरदायी हुन्छन्। महिलाहरूले स्थायी शान्ति सुरक्षित गर्न भूमिका खेल्छन् । राजनीतिमा महिला सहभागिताले राजनैतिक प्रणालीलाई बलियो बनाउँछ र यसबाट नागरिकको राजनीतिप्रतिको विश्वास बढाउँछ ।
राजनीतिमा महिलाको सकारात्मक प्रभाव जहिले पनि निर्विवाद बन्छ । समाज र देशको विकासका लागि महिला सशक्तिकरणभन्दा प्रभावकारी अरू कुनै उपकरण छैन। यो तथ्यतलाई बुझेर नेपालको आर्थिक उत्पादकत्व बढाउनर देशमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र नेपाल र नेपालीको आत्मसम्मान बढाउने कामले सीता दाहाल प्रतिको सच्चा श्रद्धाञ्जली हुने छ । यसका लागी माओबादी केन्द्र र प्रम प्रचण्डले नेपालको बद्लिंदो भूराजनीतिलाई ठीक तरिकाले बुझेर अगाडी बढ्दा लामो समय सम्म नेपालको राजनीतिमा सीता दाहाललाई सम्झनेहरूको सङ्ख्यामा बढोत्तरी हुनेछ ।