चितवनको लोथरबाट गाँजासहित दुई जना पक्राउ
प्रकाशित मिति: बुधबार, साउन ०३, २०८० | १४:३५:५०
चितवन । राप्ती नगरपालिका–१ लोथरबाट अवैध गाँजासहित दुई जना पक्राउ परेका छन् । करिब ६० केजीसहित भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवान र मकवानपुर मनहरी गाउँपालिका ७ बस्ने ४५ वर्ष राजुकुमार पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले एमएच ४८ एवाइ ४७०९ नम्बरको गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति : बुधबार, साउन ०३, २०८० |
१४:३५:५०
7283