बाल यौन दुर्व्यवहार आरोपमा नेता पक्राउ परेको समाचार आएपछि अपशब्द लेख्दै महतो
चितवन , ६ साउन । नेकपा एकिकृत समाजवादीका नेता गणेश लामा एक वालिकालाई यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ परेपछि उनका एक शुभचिन्तक उग्र बनेका छन् । राप्ती ६ निवासी नेकपा एकिकृत समाजवादीको युवा संघको राप्ती नगरका सचिव निलेश महतो सामाजिक संजालमै उग्रहुदै अपशब्द लेखेका छन् ।
लामा पक्राउको समाचार लिंकमा उनले अपशब्द सहितको कमेन्ट गरेका छन् । उनले निलेश थारु महतोको फेसबुक आइडिबाट पिडित बालिकाको नाम पनि लेख भन्दै अपशब्द लेखेका छन् । त्यस्तै लामा पक्राउको समाचार हटाउन केहि पत्रकारहरुलाई उनले दवाव समेत दिएका छन् । महतो राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको निकटका पात्रा मानिन्छन् । यसअघि समेत महतोले विभिन्न व्यक्तिहरुलाई सामाजिक संजालमा तुच्छ र अपशब्द सहितको गालीगलौच गर्ने गरेका छन् । सामाजिक संजालमा राप्तीका नगरप्रमुखको कसैले सामान्य आलोचना मात्रै गरेपनि महतोले त्यहाँ अपशब्द सहितको कमेन्ट गर्ने गरेको पाइएको छ ।