चितवनमा १ सय ८० किलो गाँजासहित एकजना पक्राउ (भिडियो सहित)
चितवन , २५ चैत । चितवनमा १ सय ८० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् । भण्डाराबाट लोथरतर्फ जादै गरेको विआर ०६ जि २१२८ नम्बरको भारतिय ट्रकमा रहेको गाँजा सहित ट्रक चालकलाई प्रहरीले शुक्रबार बिहान पूर्विचितवनको लोथरबाट नियन्त्रणमा लिएको होे ।
प्रहरीले आज पत्रकार सम्मेलन मार्फत १ सय ८० किलो गाँजा सहित ट्रक र ट्रक चालकलाई सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरिक्षक सुवास भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा , ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । ट्रकमा फल्स बटम बनाएर त्यसमा राखिएको गाँजा फेला पारेको प्रहरी उपरिक्षक कार्कीले बताए । प्रहरीले भारतको रक्सौल बस्ने ट्रक चालक ३० वर्षिय कुन्दन पटेललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
भिडियो