सौराहामा २ सय ९२ जनाको निशुल्क आँखा परिक्षण,२४ जनामा मोतियाविन्दु
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० | २१:०८:५९
चितवन , २६ साउन । पूर्वीचितवनको सौराहामा आयोजित आँखा परिक्षण शिविरमा २ सय ९२ जनाले आँखा परिक्षण गराएका छन् । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको सौराहा आँखा उपचार केन्द्र , ग्रीन सोसाइटी नेपाल , ग्रीन सोसाइटी पब्लिक स्कुल लगायत विभिन्न लायन्स क्लबहरुको आयोजनामा आज सौरहामा निशुल्क आँखा परिक्षण शिविर भएको हो ।
शिविरमा परिक्षण गराएकामध्य २४ जनामा मोतियाविन्दु देखिएको ग्रीन सोसाइटी नेपालका महासचिव श्रीलाल परियारले जानकारी दिए । उनीहरुको भरतपुर आँखा अस्पतालको सहकार्यमा निशुल्क शल्यक्रिया गरिने उनले बताए । त्यस्तै शिविरमा परिक्षण गराएकामध्य १ सयजनामा अहिले संक्रमण फैलिएको आँखा पाक्ने रोग देखिएको उनले बताए । परिक्षण गराएकाहरुलाई निशुल्क रुपमा औषधी समेत वितरण गरिएको परियारले बताए ।
प्रकाशित मिति : शुक्रबार, साउन २६, २०८० |
२१:०८:५९
3213