कलेज बसले ७ वटा सवारीसाधनलाई ठक्कर दिदा २० जना घाइते, ९ जनाको अवस्था गम्भिर
चितवन , ३१ साउन । चितवनको टिकौलीमा कलेज बसले आधादर्जन बढी सवारीसाधनलाई ठक्कर दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले लाश बोकेको बोलेरो सहित अन्य ६ वटा मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएको हो ।
भरतपुरबाट टाँडीतर्फ जादै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले टाडीबाट भरतपुरतर्फ लाश बोकेर जादै गरेको ना २ च ८४४६ नम्बरको बोलेरो सहित ४ वटा मोटरसाइकल र २ वटा स्कुटरलाई ठक्कर दिएको हो । बसले बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५प ९७, ,ना ६२ प ६०३२, बा.प्र.०६ ००१प ४१४७ नम्बरको मोटरसाइकल , बा.प्र.०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ ।
बसको ठक्करबाट २० जना घाइते भएका छन् । घाइतेहरुमध्य ७ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेहरुको भरतपुर अस्पताल , चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भिडियो