चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्षमा पुनः पाठक
चितवन , १८ भदौं । चितवत उद्योग संघ खैरहनीको अध्यक्षमा पुनःयुवराज पाठक चयन भएका छन् । संघको आज भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट संघको अध्यक्षमा युवराज पाठक सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्षहरुमा डोलबहादुर कार्की (अविनाश), बुद्धिराज बिसुराल, बद्रीनाथ पोखरेल, सचिवमा प्रकाश बस्नेत, कोषाध्यक्षमा लक्ष्मी थापा खराल, कार्यसमितिहरुमा केशवराज खनाल, डा.उमर फारुक, महिला अध्यक्ष एवम् कार्यसमिति सदस्यमा जिनिता बस्नेत, युवा अध्यक्ष एवम् कार्यसमिति सदस्यमा दिनेश डल्लाकोटी, कार्यसमिति सदस्यहरु हेमराज आचार्य, झलनाथ चापागाई, किशोर लामिछाने चयन भएका छन् ।
त्यस्तै, महिला उद्यमी मञ्च खैरहनीको सदस्यहरुमा रेखादेवी मल्ल, प्रमिला श्रेष्ठ, अनिता पाण्डे, सुष्मा शिवाकोटी, युवा उद्यमी मञ्च खैरहनीको सदस्यहरुमा देवेन्द्र चौधरी, सुजन रावल चयन भएका छन् । लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल र सदस्यहरुमा शिवप्रसाद चिमरिया र कैलाश प्रसाद शाह चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले खैरहनीमा उद्योगहरु सञ्चालन गर्ने वातावरण सिर्जना गरी रोजगारीको अवसर प्रदान गर्न आफूहरु सदैव तयार रहेको बताए ।
कार्यक्रममा चितवन उद्योग संघ खैरहनी इकाई समितिका अध्यक्ष युवराज पाठकले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवप्रसाद चिमरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेल, आन्तरिक राजश्ज करदाता सेवा कार्यालय खैरहनीका प्रमुख तुलसा खनाल, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबर, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले मन्तव्य राखेका थिए ।