कैलारीबाट लागूऔषधसहित एक जना पक्राउ
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २६, २०७९ | १८:०९:३३
धनगढी, २६ फागुन | कैलालीको कैलारी गाउँपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । कैलाली गाउँपालिका–३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।
१० ग्राम लागूऔषधसहित भारत घर भएका २० वर्षीय नदिन खानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २६, २०७९ |
१८:०९:३३
991