धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २६, २०७९ | १८:१३:३२
धनगढी, २६ फागुन | धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी–९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित उपमहानगरपालिका–८ धनगढी गाउँका २८ वर्षीय उमेश रानालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २६, २०७९ |
१८:१३:३२
1123