अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खैरहनीमा वृद्धवृद्धालाई सम्मान तथा खाद्यान्न वितरण
प्रकाशित मिति: आइतबार, आश्विन १४, २०८० | १८:३३:०७
चितवन , १४ असोज । खैरहनी नगरपालिकाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वृद्धवृद्धालाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर ५ मा रहेको श्री वृन्दावन असाहय वृद्धाश्रममा आश्रित वृद्धावृद्धाहरुलाई आज सम्मानको साथै खाद्यान्न वितरण गरेको हो ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , वडा नम्बर ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदीसहितको टोलीले वृद्धाश्रममा रहेकाहरुको लागि चामल , दाल , तेल , फलफुल वितरण गरेको हो । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वृद्धावृद्धाहरुलाई दोसल्लासहित सम्मान समेत गरिएको खैरहनी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कृष्णाकुमारी गुरुङले जानकारी दिइन् ।
प्रकाशित मिति : आइतबार, आश्विन १४, २०८० |
१८:३३:०७
2773