रोटरी क्लबद्वारा बुद्ध शान्ति मा.वि मा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम
चितवन , २३ असोज । रोटरी क्लब अफ पूर्वीचितवनले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । क्लबले राप्ती नगरपालिका वडा नम्बर २ स्थित बुद्ध शान्ति माध्यमिक विद्यालयका विद्यार्थी , शिक्षक र अभिभावकहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिएको हो ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा विद्यालयमा मनरोग विशेषज्ञ सहित सचेतनामुलक कार्यक्रम गरेको रोटरी क्लब अफ पूर्वीचितवनका अध्यक्ष विनोद नेपालले जानकारी दिए । कार्यक्रममा चितवन मेडिकल कलेजका चिकित्सक डा.खगेन्द्र काफ्ले , प्राइम नेपालका कार्यकारी निर्देशक अनुप अधिकारीले मनरोग सम्बन्धी जानकारी दिएका थिए । डा.काफ्लेले अन्य रोग विभिन्न उपकरणको प्रयोग ,रगत जाँच लगायतबाट पत्ता लागे जसरी मनोरोगको समस्या पत्ता नलाग्ने भन्दै विरामीको आनीवानी , हाउभाउबाट समस्या पत्ता लगाएर सोही अनुरुप मनोपरामर्श सहित औषधी दिनुपर्ने बताए ।