खैरहनीमा जुवा खेल्ने ८ जना पक्राउ
प्रकाशित मिति: मंगलबार, कार्तिक ०७, २०८० | १२:३३:४४
चितवन , ७ कार्तिक । पुर्वी चितवनको खैरहनीमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाडीबाट प्रहरीले ८ जनालाई आज बिहान पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले खैरहनी ९ स्थित श्याम स मिलमा तास खेल्ने आठजनालाई राती करिव १ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद १ लाख १५ हजार २ सय ४० रुपैया र एक बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक शाहिल बुढाथोकीले जानकारी दिए ।
File Photo
प्रकाशित मिति : मंगलबार, कार्तिक ०७, २०८० |
१२:३३:४४
4709