भण्डारामा विना विकल्प थारुको घर भत्काए,अगुवा गर्नेको घर भत्काउने थारु कल्याणकारिणीको चेतावनी
चितवन , १४ कार्तिक । राप्तीको भण्डारामा रहेको नहर विभागको जग्गामा रहेको वस्ती हटाउने अन्तिम तयारी भइरहेको बेला थारु समुदायको संस्था थारु कल्याणकारिणी सभा (थाकस )चितवनले विकल्पबिना बस्ती नहटाउन चेतावनी दिएको छ । थारु कल्याणकारिणी सभा चितवनले आज एक विज्ञप्ति जारी गर्दै थारु समुदायको बाहुल्यता रहेको उक्त वस्तीमा कुनै अन्य वैकल्पिक व्यवस्था नगरी घर , टहरा भत्काए त्यसको कडा प्रतिकार गर्ने जनाएको छ ।
थाकस चितवनका अध्यक्ष ललित कुमार चौधरी र सचिव सन्तकुमार चौधरीद्वारा जारी विज्ञप्तिमा अन्य कुनै विकल्पबिना नहर विभागको जग्गामा आश्रय लिएको स्थान खाली गराउन नेतृत्व गर्नेको घर थारु समुदायले भत्काउने चेतावनी दिइएको छ । २०५० सालको बाढिको कारणबाट घरवारविहीन बिहिन भएकाहरुले आश्रय लिएकाहरुलाई अरु व्यवस्था नगरी हटाउदा उनीहरु थप पिडित हुने भन्दै पहिला बैकल्पिक व्यवस्था गरेर मात्रै जग्गा खाली गराउन प्रशासन तथा राजनीति दलहरुलाई थाकस चितवनले अपिल गरेको छ ।