जाजरकोट केन्द्रविन्दु भएर भुकम्प , भुकम्पको कारण एक सयजना बढीको मृत्यु
प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८० | ८:५५:४१
१८ कार्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति भुकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पले जाजरकोट आसपासको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । भुकम्पको कारण एकसय बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । भुकम्पले घर भत्किदा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको समेत मृत्यु भएको छ । क्षतिको विवरण अझै बढ्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १८, २०८० |
८:५५:४१
3565