खैरहनी नगरपालिकाको वार्षिक समीक्षा, पुर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति
चितवन, १९ कार्तिक । खैरहनी नगरपालिकाले आर्थिक वर्ष ०७९.८० को सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गरेको छ ।
नगरपालिकाको सभाहलमा भएको समिक्षा कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटाले नगरपालिकाको आर्थिक बर्ष २०७९ ८० संचालन गरेको योजना तथा कार्यक्रमहरुको जानकारी गराएका थिए ।खैरहनी नगरपालिकाले गत आ.व २०७९.८० मा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । नगरपालिकाले एक बर्षमा ८ किलोमिटर सडक कालोपत्रे , ७.७ किलोमिटर कालोपत्रे सडक मर्मत, ८ सय मिटर सडक ढलान, ७ किलोमिटर ढल निर्माण गरेको र साढे २ किलोमिटर मोजाइक टाईल लगाएको जनाएको छ । एक बर्षमा ३ किलोमिटर बढी तटबन्धन गरेको , १७ वटा सानो पुल तथा कर्लभर्ट निर्माण गरेको गरेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
खैरहनी नगरपालिकाको न्यायिक समितिले एक बर्षमा १ सय ५० वटा मुद्धा फर्छौट गरेको छ । नगरपालिकामा प्राप्त २ सय ३४ वटा उजुरीमध्य १ सय ५० वटा फर्छौट गरेको , २५ वटा जिल्ला अदालत सिफारिस गरेको , ७ वटा विवाद डिसमिस भएको र ५२ वटा बाँकी रहेको खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शशि कुमार खनियाँले सुशासन र कानुनको परिपालन गर्दै सबैको साथ र सहयोगमा नगरवासीले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्नुपर्ने बताए । उनले नगरको दिगो विकास र समृद्धिका लागी जन जीविकासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन , तटबन्धन ,सडक तथा पुर्वाधार र स्वरोजगारीका अवसर सृजना गर्ने कार्यमा नगरपालिकाको सम्पूर्ण टिम हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख खनियाँले ढलनाला सहितको अपाङ्गमैत्री सडक , खोलाहरुमा तटबन्धन , कृषकहरुलाई बोरिङ्ग , मोटर ,सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति , शिक्षक दरबन्दी मिलान , बा आमा स्वास्थ्य कार्यक्रम , नगर अस्पतालमा सेवा थिप , कृषकहरुलाई बोरिङ्ग, मोटर प्रदान, बंगुरको पाठापाठी वितरण लगायतको काम गरिएको बताए । उनले जनताको सल्लाह सुझाव , गुनासो सुन्न र जनभावना अनुरुप काम गर्न सबै जनप्रतिनिधिहरु तयार रहेको बताए ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष , पत्रकार , कर्मचारीहरुको सहभागिता रहेको थियो । नगरप्रमुख शशी कुमार खनियाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँले स्वागत मन्तव्य रोखेका थिए ।