भुकम्प पिडितको लागि उद्योग वाणिज्य संघ खैरहनीद्वारा आर्थिक सहयोग
चितवन , २५ कार्तिक । उद्योग वाणिज्य संघ खैरहनीले भुकम्प पिडितहरुको लागि आर्थिक सहयोग गरेको छ । कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले ठूलो जनधनको क्षति पुगेको थियो ।
उक्त भुकम्पबाट पिडित भएकाहरुलाई सहयोगको लागि उद्योग वाणिज्य संघ खैरहनीको कार्यसमिति र कर्मचारीले ८२ हजार रुपैयाँ सहयोग गरेको हो ।
बजार चलायमान नभएर व्यवसायीहरु समेत पिडित भएको अवस्था भएतापनि प्राकृतिक विपत्तिमा सबैको साथ सहयोग गर्नुपर्छ भन्ने भावना अनुरुप सहयोग गरेको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले बताए । कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई स्व-इच्छाले सहयोगको लागि आव्हान गर्दा संकलन भएको ८२ हजार रुपैयाँ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत पठाइएको श्रेष्ठले बताए । आफूहरुले संकलन गरेको रकम शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ पठाइएको उनले बताए ।