राप्तीका मेयर र प्रमुख प्रशासकियले नगरसभाको निर्णय परिवर्तन गरेको भन्दै रिट,अदालतले दियो अन्तरिम आदेश
प्रकाशित मिति: बिहिबार, मंसिर ०७, २०८० | १९:२७:५१
चितवन, ७ मंसिर । राप्ती नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध अदालतमा रिट दायर भएको छ । उच्च अदालत पाटन हेटौडाँमा नगरपालिकाका नगर प्रमुख शमशेर लामा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेलाई विपक्षी बनाई दायर भएको रिट उपर अदालतले अन्तरिम आदेश दिएको छ ।
नगरपालिकाको असार ३० गते भएको १३ औं नगरसभाको निर्णय आफूखुसी परिवर्तन गर्दै थप निर्णयहरु हालेको भन्दै नगरपालिकाका उप प्रमुखसहित वडा अध्यक्षहरुले रिट हालेका थिए । उच्च अदालत पाटन हेटौडाँका माननिय न्यायाधिस निर्मला शाक्यको एकल इजलाशले नगरसभाको निर्णय यथास्थितिमा राख्नु भन्दै बुधबार अन्तरिम आदेश दिएको हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०७, २०८० |
१९:२७:५१
5941